सुदूरपश्चिमको आर्थिक सूचकांकको अवस्था उत्साहजनक

Yugnepal     684 पटक पढिएको    

सुदूरपश्चिमको आर्थिक सूचकांकको अवस्था उत्साहजनक


धनगढी  केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिम प्रदेशको आर्थिक सूचकांकको अवस्था उत्साहजनक रहेको जनाइएको छ । विभागले मंगलबार धनगढीमा सुदूरपश्चिम प्रदेशको आर्थिक सूचकांकको अवस्था सार्वजनिक गर्दै प्रदेशको कुल गाहस्र्थ उत्पादन वार्षिक वृद्धिदर ६।२५ प्रतिशत हुने अनुमान गरेको जनाएको छ । चालू मूल्यअनुसार कुल गाहस्र्थ उत्पादनको आधारभूत मूल्यमा २ खर्ब ११ अर्ब ८७ करोड ३० लाख, कुल गाहस्र्थ उत्पादनमा उपभोक्ताको मूल्यमा २ खर्ब २० अर्ब ९५ करोड ६० लाख र प्रतिव्यक्ति कुल गाहस्र्थ उत्पादन ६।२५ अमेरिकी डलर अनुमान गरिएको छ ।
विभागले आर्थिक वर्ष २०७५(७६ को ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवम् बाँकी अवधिको सामान्य अवस्थाको आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी प्रादेशिक तहमा प्रारम्भिक अनुमानसहित प्राप्त तथ्यांकका आधारमा गत आर्थिक वर्ष २०७४(७५ को अनुमान प्रकाशित गरेको हो ।

अनुकूल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, पुनर्निर्माणका कार्यले गति लिएको, उर्जा संकटबाट पाइएको मुक्तिका कारण देशको अर्थतन्त्र चालु आर्थिक वर्षमा सकारात्मक दिशातर्फ बढेको, वैदेशिक रोजगारबाट प्राप्त रेमिटेन्स क्रमशः उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै गएको, कृषिमा व्यवसायीकरण हुँदै गएको, राजनीतिक स्थिरतातर्फ देश उन्मुख भएको, बन्द हड्ताल जस्ता कार्यमा कमी आएको तथा सरकारले लिएका उत्पादनमूलक नीति कार्यान्वयन पक्ष सुधार भएका कारणले अर्थतन्त्र सुधारन्मुख भएको विभागको प्रतिवेदनले जनाएको छ ।
विभागको तथ्यांकमा वृहद औद्योगिक समूह अनुसार प्रदेशमा प्राथमिक क्षेत्रको कुल गाहस्र्थ योगदान घट्दै गएको देखाएको छ भने सेवा क्षेत्रको योगदान बढेको देखाएको छ । द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ नभएको देखाएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४(७५ मा प्राथमिक तहको योगदान ४० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा ३९ प्रतिशत भएको देखाएको छ । विभागले प्राथमिक तहको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४।७० प्रतिशत हुने अनुमान रहेको जनाएको छ ।
यस्तै, द्वितीय क्षेत्रको योग्दान आर्थिक वर्ष २०७४(७५ मा १५ प्रतिशत रहेको र चालू आर्थिक वर्षको ९ महिनामा पनि १५ प्रतिशतनै रहेको देखाएको छ भने चालू आवमा वृद्धिदर ७।९२ प्रतिशतले हुने अनुमान छ ।
सेवा क्षेत्रको योगदान आर्थिक वर्ष ०७४(७५ मा ४५ प्रतिशत रहेकोमा चालू आवको ९ महिनामा ४६ प्रतिशत रहेको देखाएको छ । गत आवभन्दा चालू आवमा योगदान ७।२३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
विभागले कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन्, उद्योग, निर्माण, थोक तथा खुद्रा व्यपार, होटल तथा रेष्टुरेण्टलगायतका गरी १५ वटा क्षेत्रलाई समेटेर सो तथ्यांक निकाल्ने गरेको विभागका निर्देशक गणेशप्रसाद आचार्यले बताए ।
सो तथ्यांकअनुसार प्रदेशमा सवैभन्दा बढी कृषि तथा वन, शिक्षा, निर्माण, खुद्रा तथा थोक व्यापार, अन्य सामुदायिक तथा व्यक्तिगत सेवा, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षाको बढी योगदान रहेको देखाएको छ ।
सो तथ्यांकअनुसार प्रदेशमा कृषि तथा वनको योग्दान ३७।९८ प्रतिशत, उद्योगको १० प्रतिशत, शिक्षाको ११।७८ प्रतिशत, निर्माणको १०।१४ प्रतिशत, थोक तथा खुद्रा व्यापारको ८।३४ प्रतिशत, अन्य सामुदायिक तथा व्यक्तिगत सेवाको ७।१५ प्रतिशत, रियल स्टेट तथा व्यावसायिक सेवाको ५।७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षाको ४।९० प्रतिशत योग्दान रहेको देखाएको छ ।
तथ्यांकले कुल गाहस्र्थ उत्पादनमा कृषिभन्दा गैरकृषि क्षेत्रको योगदान बढ्ने अनुमान गरेको छ । चालू आर्थिक वर्ष २०७५(७६ मा कृषि क्षेत्रले ३८।१५ प्रतिशत तथा गैरकृषि क्षेत्रले ६१।८५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको आचार्यले बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रथम पटक प्रादेशिक तहगत आर्थिक क्षेत्रसँग सम्बन्धित कुल गाहस्र्थ उत्पादन तथ्यांक ल्याउने प्रयास सराहनीय भएको बताए । उनले तथ्यांकले प्रदेशको आर्थिक अवस्था उत्साहजनकतर्फ गइरहेको देखाएको भन्दै तथ्यांकका कुनै कुनै कुराले तथ्यगत तथा विश्वसनीय हुन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले पनि केही तथ्यांकमा मिसमास भएको देखिएको प्रतिक्रिया दिए । ‘अभिलेख अर्कै प्रदेशमा राखिएको छ तर, कुल गाहस्र्थ योगदान अर्कै प्रदेशमा भइरहेको हुन्छ,” उनले भने, “तथ्यांकलाई तथ्यगत बनाउन पुनर्पुष्टि गरेर मात्र सार्वजनिक गर्नुपर्छ ।”



बुधबार ०८, जेठ २०७६ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.