अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा

युग संवाददाता     234 पटक पढिएको    

अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा

 

धनगढी। कैलालीको धनगढीमा अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा लिएको छ । धनगढी वडा नम्बर २ बालुवाघाट स्थित मोहना नदीबाट अबैध रुपमा उत्खनन गरी रहेको जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार त्रिनगर प्रहरी चौकीका ईन्चार्ज भरतनाथ योगीको नेतृत्वमा गएको प्रहरी टोलीले मोहना नदीबाट सु।प।प्र ०१००१ म १६९६ नम्बरको जेसिबी बालुुवा उत्खनन गरिरहेको भन्दै चालक सहित प्रहरीले नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता डिएसपी कविन्द्र बोहराका अनुसार चालक गौरीगंगा ४ निवासी श्याम चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।



मङ्गलबार ११, बैशाख २०८१ ०२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.