कञ्चनपुरको दक्षिण क्षेत्रमा मिलोमतोमा उखु तस्करी स्थानीय त्रसित

युग संवाददाता     94 पटक पढिएको    

कञ्चनपुरको दक्षिण क्षेत्रमा मिलोमतोमा उखु तस्करी स्थानीय त्रसित

धनगढी  /कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु तस्करहरुको बैठक बसेको छ । बेलौरी तथा बेल्डाँडी संग जोडिएका भारतिय नाकाबाट उखु तस्करी गरेर महाकाली सुगर मिलमा बिक्रि गर्दै आएकाहरुको समुहले बैठक राखेको छ । सिमा क्षेत्रमै एकजना बिनोद भन्ने ब्यक्तीको घरमा बैठक बसेको पाइएको छ । भारतबाट उखु भित्र्याउनका लागी योजना बुन्ने उद्देश्य सहित सो बैठक राखिएको बुझिएको छ ।

भारतिय सिमा शुरक्षा बल र नेपालको प्रहरी तथा सशस्त्र प्रहरी संगको मिलेमतोमा प्रत्येक राती भारतबाट उखु तस्करी भइरहेको गुनासो बढिरहेका बेला सिमामै यस्तो बैठक बसेको हो । भारतिय उखु भित्र्याउन भारतिय सिमा शुरक्षा बलको प्रतिनिधी समेत बैठकमा उपस्थित रहेको पाइएको छ । बिनोदको घरमा बसेको बैठकले स्थानिय केही किसान तथा युवाहरुका कारण उखु नेपाल भित्र्याउन समस्या भइरहेको निष्कर्श निकालेको छ । बैठकमा राती उखु तस्करी रोक्न खोज्नेको खुट्टा भाँच्नुपर्ने कुरा उठेको थियो । सशस्त्र प्रहरी र एसएसबी सहभागि बैठकमा नै सुरुमा तस्करीको विरोध गर्ने स्थानीयलाई कुटपिट गरेर हात–खुट्टा भाँच्ने र पछि सबै जनाबाट पैसा उठाएर उपचार गर्ने विषय उठेको ती युवकले बताएका छन् । ‘हाम्रो गाडी रोक्नेका हातखुट्टा भाँच्ने विषय उठेको थियो। पहिला हातखुट्टा भाँच्ने पछि उपचार गर्ने विषय उठेको हो ।’


स्थानीय त्रसित
नेपाली सशस्त्र प्रहरी बल र भारतिय सिमा शुरक्षा बल सहितको सो बैठकमा उखु तस्करीको बिरोध गर्नेको खुट्टा भाँचिने कुरा उठेपछि स्थानिय त्रसित छन् । उनिहरुले शुरक्षा निकाय समेतको सहभागितामा भएको बैठकमै बिरोध गर्नेको खुट्टा भाँच्ने सम्मको योजना बनेपछि त्रास फैलिएको बताएका हुन् । बिनोदको घरमा ५० जना भन्दा बढी उखु तस्करको बैठक बसेको श्रोतले बतायो । सशस्त्र प्रहरी र एसएसबी पनि सहभागि थिए। विरोध गर्नेलाई भारतमा भेटे मार्ने र नेपालमा भेटिए खुट्टा भाँच्ने विषय उठेको बताइएको छ । राती जहिलेपनि बेलौरी तथा बेल्डाँडी गाउँपालिकासंग जोडिएका सोडा घाट, ४२ नम्बर पिल्लर, कलकत्ता, टाटरगन्ज, भुडा, झिलमिलाको सक्ती पारम, भुडाको एम।पि घाटबाट प्रत्येक दिन राती उखु तस्करी हुन्छ तर यहाँको प्रशासन मौन छ स्थानिय किसानले भने “स्थानीय प्रशासनको मिलेमतोमै व्यापारीहरूले भारतबाट तस्करीको उखु ल्याउने गरेका छन्, नेपाली नम्बरका ट्याक्टर हुन्छन । तर, धेरै ट्रलीहरू भारतीय हुन्छन । चार चक्काको ट्रलीहरू हुन्छन । प्रहरीमा जानकारी गराउदासमेत नियन्त्रण भएको छैन। कारण मिलेमतो नै हो ।”



बुधबार २४, माघ २०८० ०४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.