सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल

युग संवाददाता     591 पटक पढिएको    

सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल

 

धनगढी सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।


सर्वोच्चको आदेशमा भनिएको छ, ‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घ बहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू ।’



मङ्गलबार ११, बैशाख २०८१ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal