वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत

युग संवाददाता     116 पटक पढिएको    

वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत


काठमाडौ  / चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकको खराब कर्जा औसतमा ३।५१ प्रतिशत कायम भएको छ । बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा खराब कर्जा बढेको हो ।

गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा ०।६१ प्रतिशत विन्दुले बढेको हो । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा २।९० प्रतिशत थियो ।

 
चालु वर्षमा सर्वाधिक खराब कर्जा बढ्नेमा लक्ष्मी सन्‌राइज बैंक छ । यो बैंकको खराब कर्जा ३।६७ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको चैत मसान्तसम्म लक्ष्मी सन्‌राइजको खराब कर्जा १।८२ प्रतिशत थियो ।

त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा २।२३ प्रतिशत विन्दुले वृद्धि भएको छ । चैत मसान्तसम्म एनआईसी एसियाको खराब कर्जा ३।०८ प्रतिशत कामय भएको छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ०।८५ प्रतिशत थियो ।
गत वर्षको चैत मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा हुनेमा हिमालयन बैंक थियो । यो बैंकको गत वर्षको चैत मसान्तसम्म खराब कर्जा ४।५६ प्रतिशत थियो । यो वर्ष झनै बढेको छ । यो बैंकको खराब कर्जा गत वर्षको तुलनामा ०।४ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

गत वर्ष सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको थियो । यो वर्षको सोही अवधिमा एभरेस्ट बैंकको खराब कर्जा ०।७ प्रतिशत कामय गर्न सफल भएको छ ।


चैत मसान्तसम्म ६ वाणिज्य बैंकले खराब कर्जा घटाउन सफल भएका छन् भने १३ बैंकको खराब कर्जा बढेको छ । खराब कर्जा घटाउनेमा सिद्धार्थ, कृषि विकास, नबिल, सानिमा, सिटिजन्स बैंक र एनएमबि बैंक छन् । बैंकिङ खबरबाट



सोमबार १०, बैशाख २०८१ ०३:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.