प्रचण्ड र ओलीबीच गठबन्धन जोगाउन छलफल

युग संवाददाता     116 पटक पढिएको    

प्रचण्ड र ओलीबीच गठबन्धन जोगाउन छलफल

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमासमेत छलफल भएको स्रोतले बताएको छ ।

गठबन्धनलाई जोगाएर अगाडि बढ्ने बारेमा छलफल भएको हो । 



बुधबार १२, बैशाख २०८१ ०२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.