नागरिक उन्मुक्ति संसदीय दलको नेतामा रामेश्वर चौधरी

Yugnepal     165 पटक पढिएको    

 

 धनगढी पुस १५ नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेका छन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ।



शनिबार १६, पुष २०७९ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.