किशोरकिशोरीलाई यौनिक शिक्षा अपरिहार्य

युग संवाददाता     162 पटक पढिएको    

किशोरकिशोरीलाई यौनिक शिक्षा अपरिहार्य

 

धनगढी फागुन २७/ पछिल्लो समय किशोरीकिशोरीहरुलाई यौनिक शिक्षा अपरिहार्य हुन थालेको छ । देशमा भैरहेका पछिल्ला विभिन्न विकृति विसंगतीहरुको मुख्य कारणका रुपमा यौनिक शिक्षाको अल्पज्ञान नै भएकाले मुख्यगरी किशोरकिशोरीहरुमा यौनिक शिक्षाको बारेमा जानकारी दिन आवश्यक रहेको हो । यौनिक शिक्षा अपरिहार्य भएपनि समय सुहाँउदो शिक्षा नपाएका कारण किशोरावस्था उमेर समुहका युवायुवतीहरु बढी पीडित हुने गरेका छन् ।

सोही विषयमा जानकारी दिईनुपर्ने भन्दै यार्ड नेपालले आवाज उठाउदै आएको छ । त्यसका लागि यार्ड नेपालले ‘राईट हियर राईट नाउ’ परियोजना सञ्चालन गरि यौनिकता शिक्षाका बारेमा जानकारी दिदै आएको छ । सो परियोजना अन्र्तगत आईतबार धनगढीमा सञ्चारकर्मीहरुसँग पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अन्तरक्रियामा यार्ड नेपालले यौनिक शिक्षाका बारेमा लेखिने समाचारहरुमा समाधानका सवालहरु पनि समावेश गरिदिन आग्रह गरेको छ ।

त्यसका साथै मिडिया मार्फत यौनिक शिक्षाको अभावका कारण परिरहेका असरहरुका बारेमा जानकारी दिन आवश्यक रहेको यार्ड नेपालका टिम लिडर महेन्द्र शाहीले जानकारी दिए । उनले यौनिक शिक्षा समयानुसार किशोरकिशोरीहरुमा अनिवार्य जस्तै बनिसकेपनि पाठ्यक्रममा हालसम्म पनि समावेश हुन नसकेको बताए । जसका कारण किशोरकिशोरीहरुमा विकृतिजन्य क्रियाकलाप हावी हुने गरेको उनको भनाई छ ।

यार्ड नेपालले विद्यालयस्तरमा यौनिक शिक्षा समावेश गरिनुपर्ने भन्दै विभिन्न पालिकाहरुमा अन्र्तक्रिया कार्यक्रमहरु आयोजना गर्ने, विद्यालयस्तरमा त्यसको बारेमा जानकारी दिने लगायतका कार्यहरु गर्दै आईरहेको छ । स्कुल तहमा युवा, किशोरकिशोरहिरुलाई सुहाउदो, पाठ्यक्रम केन्द्रित शिक्षा दिनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको उनको भनाई छ ।

उनले सोही अन्र्तगत नै आफुहरुले यौनिकता शिक्षाको बारेमा छलफल गर्दै आईरहेको बताए । उनले अति आवश्यक भएपनि अहिलेको विद्यालयस्तरको पाठ्यक्रममा यौनिकता शिक्षा नसमेटिएको बताए । उनले पाठ्यक्रममा समावेश नभएपनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत यस्ता जानकारीहरु दिन आवश्यक रहेको बताए ।

सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यौनिक शिक्षाको आवश्यकता, देशमा तथा सुदूरपश्चिममा त्यसको अवस्था र निराकरणका उपाय लगायतका बारेमा सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा ईकाइ प्रमुख गौरीदत्त जोशीले गरेका थिए ।



आइतबार २७, फागुन २०८० ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.