नेकपा एमाले कैलाली अध्यक्षमा तीन जनाको उम्मेदवारी

युग संवाददाता     148 पटक पढिएको    

नेकपा एमाले कैलाली अध्यक्षमा तीन जनाको उम्मेदवारी


धनगढी  । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आज पनि मतदान नहुने भएको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएसँगै मतदान हुन सम्भावना गरेको छ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा १ अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, जेडी पाण्डेको उम्मेदवारी परेको हो ।  कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी रहेका छन् । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन् । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनको उद्घाटन गरेका थिए ।



बुधबार ०९, फागुन २०८० ०१:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.