बाजुरामा निर्वाचनका क्रममा मृत्यु भएका सञ्जीव र चेतनको परिवारलाई १०/१० लाखदिने सरकारको निर्णय

युग संवाददाता     161 पटक पढिएको    

बाजुरामा निर्वाचनका क्रममा मृत्यु भएका सञ्जीव र चेतनको परिवारलाई १०/१० लाखदिने सरकारको निर्णय

काठमाडौं। निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव र चेतन ऐडीको परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय गरेको छ। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले शुक्रबार बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिएको उनले जानकारी दिए। यस्तै,बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

प्रत्येक परिवारलाई १०/ १० लाख उपलब्ध गराउने निर्णय भएको हो।कम्बोडीयामा आगलागीमा परी निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयमा राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए।



शुक्रबार २२, पुष २०७९ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.