आपराधिक घटना -कतारको कारागारमा २३ नेपाली

Yugnepal     701 पटक पढिएको    

आपराधिक घटना  -कतारको कारागारमा २३ नेपाली


योगेन्द्र योगी

दोहा– विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कानुनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरू जेलमा रहेको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूताबासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरू नेपाल फर्कने क्रममा रहेका जनाएको छ । दूताबासले दिएको जानकारी अनुसार २४ वटा एमआरपी लाइभ नामांकन, २९ वाट एमआरपीको लागि म्यानुअल फारम संकलन भएको तथा १५ एमआरपी वितरण गरिएको जनाएको छ ।
दूताबासका अनुसार ८४ जनालाई एकतर्फी यात्रा अनुमति पत्र दिएको जनाएको छ । यस्तै २४ विवाह दर्ता, जन्म दर्ता नाता प्रमाणित गरेको छ । ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ सवारी चालक अनुमतिपत्र प्रमाणीकारण तथा २४ जनालाई कम्पनी परिवर्तन गर्न पिसिसी जारी गरिएको दूताबासले जनाएको छ ।
मृतकहरूमध्ये ४९ शव नेपाल पठाईएको जनाएको छ भने २२ शव परिवारबाट सहमति लिई कतारमै अन्त्येष्टि गरिएको जनाएको छ । यस्तै कतारको लङ टर्म केयर हस्पिटलमा ५ जना बिरामीहरू रहेको जनाएको छ ।
गुनासो व्यवस्थापन तथा सहजीकरण
कोभिड–१९ को कारण समस्यामा परेका २ हजार ३१ जनालाई खाना बस्न तथा तलबसम्बन्धी समस्या भएको जनाएको छ । १ हजार ६७ जनाको रोजगारी समाप्त भएको वा कटौती भएको दूताबासले जनाएको छ ।
रोजगारी समाप्त भई २ हजार ६ सय १९ जनालाई खाना बस्न समस्या भएको जनाएको छ । कोभिड–१९ जन्य समस्या ८५१, नेपाल फर्कने सम्बन्धी ९ हजार २ सय ९१ जना तथा अन्य विषयहरूमा १ सय ४ जनाको गुनासो व्यवस्थापन तथा सहजीकरण गरिएको जनाएको छ ।
कोभिड–१९ को कारण खानाको समस्यामा परेका श्रमिकहरूलाई नेपाली दूताबासको तर्फबाट ९ सय थान र दूताबासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५ हजार ९ सय १७ जनालाई खाद्यसामग्री वितरण गरिएको जनाएको छ ।
नेपाल जानका लागि जारी फर्म सम्बन्धी विवरण
२२ जेठदेखि असार मसान्तसम्म नेपाल जान दूताबासबाट जारी भएको फर्म भर्नेको संख्या १० हजार ५ सय ८० रहेको छ भने कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या २ हजार ६ सय ७५ जना गरी नेपाल फर्कन चाहने नेपालीको संख्या १३ हजार २ सय ५५ दूताबासले जनाएको छ ।
६ असारदेखि असार मसान्तसम्म भएको चार्टर्ड उडानमार्फत कतारबाट नेपाल, हिमालय एयरलाइन्स र कतार एयरवेज गरी १७ उडानमार्फत कतारको डिपोर्टेसन सेन्टरमा रहेका ३४४ जनासहित २ हजार ५ सय ५७ जनालाई नेपाल पठाइएको दूताबासले जनाएको छ ।
आर्थिक प्रशासन शाखा सम्बन्धी
बैशाखदेखि असार मसान्तसम्म राहदानीबाट ८ हजार ४ सय २७ कतारी रियाल तथा अन्यबाट ९ हजार १ सय १५ गरी जम्मा १७ हजार ५ सय ४२ कतारी रियाल राजस्व संकलन भएको जनाएको छ ।
यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएको नेपाली कामदारले पाउने क्षतिपूर्ती रकम ९बीमा र अन्य० २८ लाख ५८ हजार ३ सय ९६ रूपैया“ ४८ पैसा कन्सुलर सेवा विभागमा पठाएको दूताबासले जनाएको छ । कतारमा रहेको नेपाली नागरिकहरू विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानुनी हकदारका नाममा पठाउने गरिएको छ । रकमको मात्रा थोरै भएमा मृतकको शवस“गै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको दूताबासले जनाएको छ ।



सोमबार १९, साउन २०७७ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.