एडीबीद्वारा बंगलादेशलाई सात करोड डलर सहयोग

युग संवाददाता     125 पटक पढिएको    

एडीबीद्वारा बंगलादेशलाई सात करोड डलर सहयोग


मनिला । एसियाली विकास बैंक  एडीबी ले बंगलादेशमा जलस्रोत व्यवस्थापन ९बाढी नियन्त्रण तथा सिँचाइ का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैंकले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकांकको आधारमा बंगलादेश जलवायु जोखिमको सातौँ स्थानमा छ । बंगलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको तीव्रताको सामना गरिरहेको बंकले जनाएको छ ।

यस परियोजनाअन्तर्गत छ लाखभन्दा बढी मानिसहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण–पश्चिम बंगलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताए ।



आइतबार ०४, चैत २०८० ०१:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.