इजरेली आक्रमणबाट ३१ हजार प्यालेस्टिनीको आक्रमणमा मृत्यु

युग संवाददाता     155 पटक पढिएको    

इजरेली आक्रमणबाट ३१ हजार प्यालेस्टिनीको आक्रमणमा मृत्यु

 

काठमाडौँ । गाजा पट्टीमा जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।


पछिल्लो २४ घण्टामा इजरेली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरेलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।

दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।

गाजापट्टीमा हमास विरुद्ध इजरेलले गरेको निरन्तर आक्रमणबाट व्यापक जनधनको क्षति भइरहेको छ । 



आइतबार २७, फागुन २०८० ०३:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.