कोरोना भाइरस -विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु

Yugnepal     404 पटक पढिएको    

कोरोना भाइरस -विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु

 

पेरिस । कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।  एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो । 

 सवैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको संख्या एक लाख २१ हजार ९८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । 

त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  

विश्वभरी संक्रमितहरुको संख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  विश्वभरी कुल संक्रमितमध्ये ४७ लाख ४३ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाइएको छ । 

त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५०५ जना गम्भीर अवस्थामा रहेका छन् । 

पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै संक्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना संक्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना संक्रमित रहेका छन् । 

संक्रमितको संख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् । 



सोमबार ०८, असार २०७७ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.