कांग्रेसका नेता थापाको प्रश्न देशले चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीले कहाँबाट पाए ?

संसद

Yugnepal     763 पटक पढिएको    

कांग्रेसका नेता थापाको प्रश्न देशले चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीले कहाँबाट पाए ?


काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई श्री ६ बनाउने रहर गर्ने शिक्षा मन्त्रीमाथि गम्भिर प्रश्न खडा गरेका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफलमा भाग लिंदै नेता थापाले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाको पालामा बक्सिस बाँडेको जसरी राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ ।’

यस्तो कार्यक्रमलाई पाँच अरबबाट बढाएर छ अरब बजेट दिइएको छ । खर्च कटौती गर्नु पर्ने बेलामा शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद किन आएन थापाले प्रश्न तेर्साए। थापाले सोधे, उनीहरु भोकै बसेको भन्ने जानकारी छैन ।

एक जना शिक्षक नियुक्ति गर्न नसकेको शिक्षक स्वयंसेवक कार्यक्रमलाई एक अरब ५० करोडबाट बढाएर दुई अरब २३ करोड बजेट विनियोजित गरेको कुरामा प्रश्न उठाउँदै उनले थप सोधे, ‘छात्रबृत्ति चाँही घटाएर किन तीन अरबबाट दुई अरब बनाएकोरु’

शिक्षा मन्त्रालयले ९० लाख बिद्यार्थीहरु नचिनेको भन्दै थापाले सरकारले दातासँग कचौरामा मागेको भरमा शिक्षा प्रणाली चलाउन खोजेको आरोप समेत लगाए । 

नेता थापाले विगतको प्रतिबद्धता, नीति र घोषणा विपरित विद्युतीय सवारीमा कर थपेर सरकारले जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । आफ्नो सानो स्वार्थका लागि स्वच्छ इनर्जीमा देशले चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीलाई नभएको उनको जिकिर छ ।

विद्युतीय सवारीमा कर बढाउने निर्णय राष्ट्रिय उर्जा नीति, प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको २०३० सम्म देशभर विद्युतीय गाडी चलाउने अवधारणा बिरोधी मात्र हैन स्वयं नेकपाको घोषणा–पत्र विपरीत भएकोले आफ्नो पार्टीको घोषणा पत्र पढ्न समेत थापाले सम्झाए ।

कर बढाउने निर्णयमा छलकपट त छँदैछ, त्यसको हिसाब किताब गर्छौं’ उनले भने, ‘त्योभन्दा पनि नेकपा बोल्नुपर्दैन रु घोषणा–पत्रमा लेखेको होइन रु स्वास्थ्य, उर्जा मन्त्रालय बोल्नुपर्दैन रु तपाईंहरू बोल्नुभएन । हामी बोल्छौं र हिसाब किताब गर्छौं ।’ उनले भने ।

‘स्टेटम्यानले जेनेरेसन हेर्छ । पोलिटिसियनले चुनाव हेर्छ, मुन्सीले खातापाता मात्रै हेर्छ’ उनले भने, त्यति परको किन हेर्नुभएन रु त्यतातिर मलाई धेरै चिन्ता होइन । यहाँ त मुन्सीको हिसाब किताव पनि मिलेन ।’ थापाले अगाडी भने, ुअहिले चर्चामा रहेको चकलेटको कर घटाउने निर्णयमा अर्थमन्त्रीको स्वार्थ होला। गाडीको भन्दा बढी रकम फ्रोजन आलु, खजुर आयातमा त्योभन्दा बढी रकम विदेशिएको छ । यसलाई देखाएर  स्वच्छ उर्जामा भएका प्रयास रोक्न पाउनुहुन्न।ु

अहिले गाडीमा गरिएको खर्च ६ दिनको पेट्रोलियम पदार्थको खपत जति मात्र रहेको जनाउँदै थापाले वैदेशिक मुद्रा सबैभन्दा बढी खर्च हुने पेट्रोलियम पदार्थको खपत नघटाउने अनि बिद्युतीय सवारी साधन आयात रोकेर के गर्न खोजेको भन्दै प्रश्न गरे। अर्थमन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थापाले मुन्सीको हिसाव नमिलेको भनेर आफ्नो गलत निर्णय सच्याउन माग गरे।    



सोमबार २६, जेठ २०७७ १२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.