प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

युग संवाददाता     228 पटक पढिएको    

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित


काठमाडौं माघ ५ प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । आज सङ्घीय संसद नयाँ बानेश्वरमा भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट एमालेका उम्मेदवार घिमिरे बहुमतले निर्वाचित भएका हुन् । 

कुल उपस्थित २ सय ६८ सांसद मध्ये घिमिरेको पक्षमा १ सय ६७ मत पाएर निर्वाचीत भएका हुन् । घिमिरेको विपक्षमा १ सय मत खसेको थियो । भने  मत नदिनेमा १ मत परेको छ ।

प्रतिनिधि सभामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। 

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका एमाले नेता घिमिरेको प्रस्तावकमा नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने थिए ।

घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन गरेका थिए ।

सभामुख घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए । एमाले प्रदेश(१ इन्चार्ज
रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका हुन् । घिमिरे झापाका पुराना नेताका रूपमा परिचित छन् ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखकी उम्मेदवार बनेकी थिइन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला रहेका थिए।
 
न्यौपानेलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको थियो।



बिहिबार ०५, माघ २०७९ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.