राष्ट्र बैंकले बैंकका ऋणीलाई सुविधा थप्यो

Yugnepal     571 पटक पढिएको    

राष्ट्र बैंकले बैंकका ऋणीलाई सुविधा थप्यो


बैंकिङ खबरबाट साभार

  काठमान्डौं फागुन ६  / कोरोनाबाट प्रभावित ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिएको छ । कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्नमा राष्ट्र बैंकले सुविधा दिएको हो । कोभिडका कारण पर्यटन, होटललगायतका क्षेत्र अझै लयमा फर्किन सकेका छैनन् । राष्ट्र बैंकले व्यवयासीको आग्रहमा आउँदो असारसम्म एक पटकका लागि पुनःसंरचना तथा पुनर्तालिकीकरणको सुविधा दिएको हो । मौद्रिक नीति समिक्षा अनुसार ‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित कार्ययोजना पेस गरे बैंक तथा वित्तीय संस्थाले सोको विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुलउपर गरी एक पटकका लागि कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ अब बैंक तथा वित्तीय संस्थाले २०७८ असारसम्मका लागि कोभिड प्रभावित ऋणीको धितो लिलाम गर्न र कालोसूचीमा राख्न पाउने छैनन् । त्यसैगरी १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूको विशेष पुनर्कर्जामा पहुँच पुर्‍याउन आवश्यक व्यवस्था गरिने छ । यो व्यबस्थाअनुसार साना तथा लघु जलविद्युत् आयोजनालाई पनि प्रोत्साहन हुने छ । मौद्रिक नीति समिक्षामा ‘१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूको विशेष पुनर्कर्जामा पहुँच पुर्‍याउन आवश्यक व्यवस्था गरिनेछ,’ उल्लेख गरिएको छ ।

मौद्रिक नीति समीक्षापछि कोरोना प्रभावित उद्योगी व्यवसायीले आगामी २०७८ असारसम्ममा कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सो कार्य यसअघि ०७७ पुस मसान्तसम्म पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । अब बक्यौता ब्याज रकमको ५ प्रतिशत मात्रै रकम भुक्तानी गरेर कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिने छ । यसअघि भने कम्तीमा १० प्रतिशत बक्यौता ब्याज तिर्नुपर्ने व्यवस्था थियो । यसअघि १० प्रतिशत बक्यौता ब्याज तिरेको हुनुपर्ने सर्त राखेकामा व्यवसायीहरूको समस्यालाई हेरेर यो नीति ल्याइएको हो । कोरोनाका कारण विशेषगरी पर्यटन क्षेत्रका व्यवसायीहरू मारमा परेका छन् ।



बिहिबार ०६, फागुन २०७७ ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.