सुनको भाउ अहिलेसम्मकै उच्च चाँदीको मूल्य बढ्दो क्रममा

Yugnepal     547 पटक पढिएको    

सुनको भाउ अहिलेसम्मकै उच्च  चाँदीको मूल्य बढ्दो क्रममा


काठमाडौं नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यले अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान बनँको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । चाँदीको मूल्यवृद्धि भने पहिले १४ सय ५० रुपैयाँसम्म पुगेको उनको भनाई थियो । कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो क्रममा हुने उनले बताए ।

अफसिजनका कारण सुनको कारकोबार नरहेको र बढ्दो मूल्यले गर्दा उपभोक्ता सुन बजारबाट तर्सिने अवस्था बनेको महासचिव बज्राचार्यले बताए ।



बुधबार ०७, साउन २०७७ ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.