२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
डोटी घर भएका अर्जुन भुल नौ दिनदेखि भारतमा बेपत्ता भएका छन् ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको हो।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्लम्बर एशोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एशोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनका कारोबारमा संलग्नको डेराबाट ठूलो परिमाणमा थप खैरो हेरोइन र नगद लगायतका सामान बरामद गरेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
आज नेपाल परिवार दलको पहलमा र बोधिसत्वा बिहार को सहयोग मा घोडाघोडी नगरपालिका वडा ४ का गरिब तथा एकल महिला किसानहरुलाइ ५० पिस सुपानेट ( झुल) वितरण गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
धनगढीका समाजसेवी श्याम सुन्दर तायल पशुपति मन्दिर प्राङगण समितिको सल्लाहकारमा मनोनित भएका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो