बैतडीका ८ जनामा कालाजार देखियो, एक जनाको मृत्यु

युग संवाददाता     249 पटक पढिएको    

बैतडीका ८ जनामा कालाजार देखियो, एक जनाको मृत्यु

बैतडी / बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको बताइएको छ ।

सुर्नया गाउँपालिकाका २, दशरथचन्द नगरपालिकाका ४ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको हो । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको छ । रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीले बताएका छन्। 



बुधबार ०८, असार २०७९ १०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.