संघीय शिक्षा ऐन चाँडो संसदमा ल्याउन संसदीय समितिको निर्देशन

युग संवाददाता     290 पटक पढिएको    

 

काठमाडौं ७ प्रतिनिधिसभा अन्तर्गतमा शिक्षा तथा स्वास्थ्य समितिले संघप्य शिक्षा ऐन चाँडो संसदमा ल्याउन सरकारलाई निर्देहन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्न निर्देशन दिएको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नयाँ संविधानअनुसार संघीय शिक्षा ऐन र अन्य चार शैक्षिक विधेयकका मस्यौदा तयार गरी सरोकारवाला निकायमा पठाउँदा राय तथा समर्थन प्राप्त नभएकाले ढिलाइ भएको बताए ।

त्यसैगरी समितिले विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीले शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको भन्दै विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा मन्त्रालयलाई निर्देशन दिइन् ।

बैठकमा शिक्षामन्त्री पौडेलले सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन आफू लागिपरेको बताए । उनले निजी क्षेत्रका मुद्रकले सबै कक्षाका पाठ्यपुस्तक छाप्न सक्ने जनाएर अनुमति मागेको भए पनि सरकारी स्वामित्वको जनक शिक्षालाई मेसिन थप गरेर काम दिनु उचित लागेकाले जनक शिक्षा केन्द्रलाई नै मुख्य जिम्मेवारी दिइएको बताए ।

त्यस्तै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झाले लक्ष्यभन्दा बढी पाठ्यपुस्तक माग भएको र समयमा छपाइ कागज उपलब्ध नहुँदा उत्पादन ढिलाइ भएको जानकारी दिए ।



मङ्गलबार ०७, असार २०७९ ०४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.