गौरीगंगा हाइस दुर्घटनाका एक जना मृत्यु  १८ जना घाइते

Yugnepal     133 पटक पढिएको    

 


धनगढी पुस १६ कैलाली गौरीगंगामा भएको हाइस दुर्घटनाका मृतक र घाइते १८ जनाको पहिचान खुलेको छ । कैलालीको गौरीगंगा ६ बनवेहडामा सुदुरपश्चिम प्रदेशको ०२००१ ज ४०६ नम्बरको हाईस दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान विहान १०ः २० बजे महेन्द्रनगरबाट टिकापुरजाँदै गरेको उक्त हाईस आफै अनियन्त्रि भई सडकको नालिमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालीका १ की ७३ बर्षिया कर्मा प्याकुरेल रहेकी छिन्। उनको धनगढीस्थीत माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै घाइते १८ जनाको पहिचान खुलेको छ। घाइते भएर पदमा अस्पताल अत्तरियामा भर्ना गरिएका २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

यस्तै अन्य घाईते हुनेमा बेदकोट १० का २९ बर्षिय मुकेश राना, भिमदत्त ३ का ३१ बर्षिय रुद्र गुरुङ, जानकी ४ का ३७ बर्षीय रामबिलास रावत, उनकै ३२ वर्षीया श्रीमती अञ्जली रावत,कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, उनका छोरा ६र७ वर्षीय आदित्य डगौरा समेत घाइते छन्। टिकापुर नगरपालिका–१ की कृष्णा चौधरी, उनको छोरा प्रिन्स चौधरी, सोही ठाउँकी पुजा चौधरी रहेका छन् । बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर,बर्दियाकी ४० वर्षीया मनुकुमारी चौलागाई, बर्दिया गेरुवा ५ बस्ने राम खडायत, को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। जानकी गाउँपालिका–४ का मन कठरीया, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अन्जली चौधरी रहेका छन्।


धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालन, प्रदेशमै पहिलो आधुनिक बुटिक रहेको दावी
 स्टेटसेभन संवाददाता
 शनिबार, पुष १६, २०७९ मा प्रकाशित
छठ
क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयल


धनगढी स् धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालनमा आएको छ । लेडिजका सम्पुर्ण कपडा सहित धनगढी मेनरोड स्थित माछापुर्छे बैकं रहेको घरमा बुटिक सञ्चालनमा आएको हो । फेसन डिजाइनर सहित राखेर बुटिक सञ्चाजन गरेका सतिस जोशीले सुदूरपश्चिममै पहिलो पटक आफुले प्रयास गरेको बताएका हुन् ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

बुटिकका सञ्चालक समेत रहेका जोशीले प्रदेशको राजधानी रहेको धनगढीमा यस्तो किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफुले सञ्चालन गर्ने प्रयास गरेको बताए । गुरुजी बुटिकले मुल्य, गुणस्तर र समयलाई अरु भन्दा फरक किसिमले राखेको उनले बताए । बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, बर्तबन्ध, बर्थडे, एनिभर्सरी लगायत सबै किसिमको समान उपलब्ध छ ।

बुटिकको उद्घाटन एक कार्यक्रमका बिच कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले गरेका हुन् । उद्घाटन गर्दै कुँवरले ब्यवसाय सफलताको सुभकामना दिए । यस्तो आर्थिक मन्दीका बेला र बैकंहरुले श्रृण समेत नदिइरहेको अवस्थामा आधुनिक किसिमको गुरुजी लेडिज बुटिक सञ्चालन गर्न सफल भएको भन्दै सञ्चालक सतिस जोशीको प्रसंसा गरे । धनगढीका लागी मात्रै नभएर यो बुटिक सुदूरपश्चिम प्रदेशकै लागी अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा बुटिक पर्ने बिश्वास ब्यक्त गरे ।

यस अघी केही बर्षदेखी सोही ठाउँमा पुरुषका लागी चाहिने सम्पुर्ण कपडा सहित गुरुजी सटिङ सुटिङ सञ्चालनमै छ । सुदूरपश्चिममै उत्कृष्ट बन्न सफल गुरुजी सटिङ सुटिङ जस्तै बुटिकपनि उत्कृष्ट बन्ने सञ्चालकले अपेक्षा लिएका छन् । अब लेडिज र जेन्सका लागी चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ । बुटिकले २२ जनालाई रोजगारी दिएको छ ।



शनिबार १६, पुष २०७९ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.