‘अहिले अर्ली निर्वाचनाम जाने कुरा हाँस्यापद ः वरिष्ठ नेता पौडेल

Yugnepal     510 पटक पढिएको    

‘अहिले अर्ली निर्वाचनाम जाने कुरा हाँस्यापद  ः वरिष्ठ नेता पौडेल

सुनिल आउजी 
धनगढी कार्तिक ६

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमै नै हुने  बताएका छन् । आज धनगढी विमान स्थलमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलन नेता पौडेले सो कुरा बताएका हुन । बर्षाले सुदूरपश्चिममा पुरर्याको क्षेतीको अवलोकन निरिक्षण गर्न नेता पौडेयल कैलाली र कुन्चनपुरमा आएका हुन । बाढी पहिरोबाट प्रभावित सबै भन्दा बढी सुदूरपश्चिम रहेकोले सरकारलाई तुरुन्तै राहत वितरण गर्न आग्रह गरेका छन् ।   
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताए थिए । भने  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन् । 
‘अहिले अर्ली निर्वाचनाम जाने कुरा हाँस्यापद र असम्भव भएको बताए ।
 उनले भने,‘हामै्र पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनस्र्थापना भएर सरकार बनेको छ, अझ समय नपुुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो हैन ।’ संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली निर्वाचनको कुरा सम्भव नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेयलले  कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा संघर्ष गरिरहेको पनि  बताए ।

‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘ महाधिवेशन तोकिएको समयमा हुने बताउदै उनले  पार्टी र विधानको रक्षा गर्न पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए ।
 



शनिबार ०६, कार्तिक २०७८ ०१:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.