नेकपा स्थायी कमिटी बैठक स्थगित

Yugnepal     583 पटक पढिएको    

नेकपा स्थायी कमिटी बैठक स्थगित

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा  को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ ।

बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस ९कोभिड –१९० को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हुने छ । 

“केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो ”, उनले भने, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।” 

बुधबार बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची  थियो । 



बुधबार ३१, बैशाख २०७७ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.