नेपाली कांग्रेले दियो विश्व नर्स दिवसको अवसरमा शुभकामना

Yugnepal     864 पटक पढिएको    

नेपाली कांग्रेले दियो विश्व नर्स दिवसको अवसरमा शुभकामना


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्व नर्स दिवसको अवसरमा शुभकामना दिँदै कोरोना भाइरस  कोभिड–१९० महामारीको वर्तमान संवेदनशील घडीमा नर्सको सक्रियताको प्रशंसा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एक शुभकामना सन्देश प्रकाशित गर्दै नर्ससँगै सबै स्वास्थ्यकर्मीको उच्च मनोबलको प्रशंसा गरेका छन्।

“मुलुक विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा रहेको बेला आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरूलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्छु,” देउवाले शुभकामना सन्देशमा भनेका छन्।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र नर्सहरूको मनोवल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको सन्देशमा उल्लेख छ।



मङ्गलबार ३०, बैशाख २०७७ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.