संसारकै रमणिय स्वर्गको टुक्रा नेपालमैस् खप्तडसरी पाटन भएको सुदूरपूर्वमा पनि यस्ता छन मनोमहक स्थान

Yugnepal     990 पटक पढिएको    

संसारकै रमणिय स्वर्गको टुक्रा नेपालमैस् खप्तडसरी पाटन भएको सुदूरपूर्वमा पनि यस्ता छन मनोमहक स्थान

 

रामेछाप र दोलखाको संगमलस्थल सैलुङ प्राकृतिक एवं धार्मिक पर्यटकीय गन्तव्य हो । समुन्द्री सतहबाट ३१४८ फिट उचाइमा रहेको शैलुङ्ग राजधानी काठमाडौंबाट १४१ किलोमिटर दुरीमा रहेको छ । शैलुङ्गको आकर्षण प्राकृतिक दृष्यावलोकन र धार्मिक आस्थाको केन्द्र हो । शैलुङ्ग हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र पनि हो । शैलुङ्गबाट आफैमा प्राकृतिक जैविक विविधताले भरिपूर्ण धार्मिक, सांस्कृतिक, पर्यकीयस्थलको रुपमा रहेको छ ।


शैलुङ्गको आफ्नै मौलिकता छ । प्राकृतिक रुपमा धनी शैलुङ्गको आकर्षण बनेको छ, धार्मिक पर्यटन । शैलुङ्गको विकास गर्न र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।शैलुङ्गको अवलोकन भ्रमणको लागि आउने÷जाने पर्यटकहरुको लागि मुडे, चरिकोट, तामाकोसी, देवीटार मिल्ती, मन्थली सित्खा नेपालकोथक चारैतिरबाट सडक सञ्जालले जोडिएको छ । दोलखा र रामेछापको दुवै क्षेत्रबाट शैलुङ्ग पुग्न सकिन्छ । शैलुङ्गको खोलाखर्क र दोलखाको ढुंगेमा बास बसेर पनि बिहानको सूर्योदय हेर्न सकिन्छ ।

आदिवासी जनजाति पर्यटन पदमार्ग सिन्धुपाल्चोकको मुडे हुँदै दोलखाको मागादेउराली, ढुंगे हुँदै शैलुङ्ग खोलाखर्क, पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै नेपालथोकसम्म ७ दिनको पदयात्रा सञ्चालन भइसकेको छ । जुन पदयात्रा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । शैलुङ्ग जानको लागि मुख्यगरी तीन वटा नाकाहरु प्रमुख रुपमा रहेका छन् । राजधानी काठमाडौंबाट बिपी राजमार्गको नेपालकोक, सित्खा सुनकोसीको नदी पार गर्दै धार्मिकस्थल खाँडादेवी मन्दिर अग्लेश्वर महादेव पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै शैलुङ्ग । दोस्रो उत्तरी क्षेत्र सिन्धुपाल्चोकको मुडे मागादेउराली हुँदै ढुंगे बजारबाट शैलुङ्ग र तेस्रो सालुखुम्बु, जिरीबाट आउने पर्यटकहरु मन्थली, भैसे, गोठपानी हुँदै शैलुङ्ग पुग्न सक्छन् ।

सिमी बिक्री गर्न तयार गर्दै शिक्षिका स् स्याङ्जा, कालिगण्डकी गाउँपालिका ६ दब्छेस्थित धुब ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुले करेसाबारीमा फलाएको सिमी बिक्री गर्न तयार गर्दै शिक्षिका । विद्यार्थीहरुले लगाएको तरकारीको बिक्रीबाट आएको रकम पुस्तकालयको लागि खर्च गर्ने गरिएको छ ।

मन्मा आधारभूत विद्यालयमा कक्षा ५ का ५ जना स् डोल्पा ठुलिभेरी नगरपालिका–२ कुम्लीस्थित मन्मा आधारभूत विद्यालयमा कक्षा ५ का ५ जना विद्यार्थीहरु पढ्दै ।

कृषकलाई मौरीघार वितरण स् पाल्पा रामपुर नगरपालिका वडा नं १ का २० जना कृषकलाई अनुदानमा गोलासहितको आधुनिक मौरीघार वितरण गरिएको छ । वडा कार्यालयको ५० प्रतिशत अनुदानमा एक÷एक वटा गोलासहितको मौरीघार वितरण गरेको हो । वडा कार्यालयले बाँकी ३६ जना कृषकलाई यही महिना भित्र मौरीघार वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

पर्यटकीय क्षेत्र शैलुङ्गको थप विकासको लागि गाउँपालिकाले सय थुम्काको वरिपरि चक्रीय सडक निमार्ण गर्न ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ पर्यटकीय क्षेत्र शैलुङ्गको थप विकासको लागि गाउँपालिकाले सय थुम्काको वरिपरि चक्रीय सडक निमार्ण गर्न ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि गर्ने उद्देश्यले सडक निमार्ण गर्न लागेको हो ।



शुक्रबार १०, साउन २०७६ ०४:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.