धनगढीकै बजारक्षेत्रमा भाङखेती मौलाउदै  फोटोफिचर

Yugnepal     1277 पटक पढिएको    

धनगढीकै बजारक्षेत्रमा भाङखेती मौलाउदै  फोटोफिचर

 

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी उपमहानगर पालिका वडा न। २ उत्तरबेहडी सहिद गेट नजिकै रहेको तरकारी बारीको क्षेउमै लटरम्म भाङ उम्रिरहेको छ । झट्ट हेर्दा कृषकले रोपेझै देखिन्छ, तर स्थानियलाई बुझ्दा आफै उम्रिएको हो भन्ने गरेका छन । बजार क्षेत्रमै यसरी भाङ उम्रिदा सरकारी निकाय एव् प्रहरी प्रसाशन मौन देखिन्छन ।

सरकारी कर्मचारीलाई असार मसान्तको चटारो लागि रहदा केही दिन अघि परेको बर्षाले भाङलाई झनै हुर्कन उर्जा थपिएको छ । दिनानुदिन झाङ्गिदै गएको भाङका बोटहरु प्रदेश सदरमुकाममा नै यसरी उम्रिएको देखिन्छ भने सदरमुकाम बाहिर बिकट क्षेत्रमा त झनै कति उब्जनी हुन्छ होला आफैले अनुमान लगाउन सकिन्छ । गत जेठ १७ गते पनि उक्त भाङ लाई नष्ट होस भनि धनगढीकै मुटुमा भाङ खेती शिर्षकमा सुदूरखबर अनलाईन मिडियामा समाचार छापे पनि केही प्रभाव नदेखिएकोले फेरी पनि यही समाचारलाई दोहोर्याउन पुगेका छौ ।

भाङको बीउबाट अचार र पातबाट चरेश बनाउने गरेका हुन्छन, यस्को नकारात्मक पक्ष भनेको युवा पिढीलाई कुलत दुर्बेसनमा बिग्रन सक्ने साथै भाङकै पातलाई सुकाएर चुरटमा मिसाएर खाने र लठ्ठ हुदै कुलतमा फस्नबाट जोगाउन यस्ता भाङ खेती एव आफै उम्रिएको ठाउँलाई नस्ट गरेकै उपयुक्त हुने देखिन्छ ।

भाङ उम्रिएको ठाउँबाट दिनानुदिन प्रहरी प्रसाशनका अधिकारी देखि स्थानिय बुद्धीजिबी आवत जावत गर्ने गरेता पनि सबै मौन नै देखिन्छन । यो भाङ बाट हाम्रै विद्यार्थी भाईबहिनीहरु दुर्बेसनीमा फस्ने, बिग्रन सक्ने भएकाले उक्त क्षेत्रमा रहेको भाङलाई नष्ट गर्नु अति आवश्येक रहेको छ भन्छन उक्त भाङ उम्रेको छेउमै रहेको कैलाली पोलिटेक्निक मा पढाउने शिक्षक गोकर्ण कुवर बताउनुहुन्छ ।



बिहिबार १२, असार २०७६ १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.