२०७९ असोज २६ गते बुधबार युग संवाददाता
मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
भक्तपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ । पर्साको धोबिनी गाँउपालिका-३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ। खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
लागूऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीको टोलीले ६१ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जमुनाहामा जाँच गर्ने क्रममा शनिबार साँझ जसयपुरका मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकीछन ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
प्युठानको माण्डवी गाउँपालिका-४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव आज भेटिएको छ । फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रवार राति करीब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
हाल नेपालमा मध्य९पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
सन्दीपको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ ।