२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराका ईन्चार्ज प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
जाजरकोटको सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डीबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफु लाइभ डीबेट लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका(१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नेपाली सेनाका एक जना हुद्दा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान भुवन पुडासैनी काठमाडौंको गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले लोकपथलाई जानकारी दिए ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सर्लाहीमा बस दुर्घटनामा परेको छ। ईश्वरपुर नगरपालिका–१२ मा ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन्।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो।२०७९ असोज २९ गते शनिबार युग संवाददाता
विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
जिल्लामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन्।अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढीपहिराबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।