स्कुल बसको ठक्‍करबाट जुम्लामा एक बालकको मृत्यु

युग संवाददाता     510 पटक पढिएको    

स्कुल बसको ठक्‍करबाट जुम्लामा एक बालकको मृत्यु

जुम्ला, जुम्लामा बसको ठक्‍करबाट एक बच्चाको  मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको  बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको उनले बताए ।

 दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।  बस र चालक प्रहरीको नियन्त्रणमा छ। 



शुक्रबार २५, कार्तिक २०७९ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal