२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
रूकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा।भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्यन शुरु हुने भएको हो ।