त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

युग संवाददाता     157 पटक पढिएको    

त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।



शुक्रबार २८, असोज २०७९ ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.