तेलका दुई ट्यांकरमाथि आक्रमण, इरान र अमेरिकाबीच आरोप–प्रत्यारोप

Yugnepal     667 पटक पढिएको    

तेलका दुई ट्यांकरमाथि आक्रमण, इरान र अमेरिकाबीच आरोप–प्रत्यारोप

 

काठमाडौं । ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । जसबाट दुवै ट्यांकर जलेका छन् । 
जापानको स्वामित्व रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो ।
घटना लगत्तै ट्यांकरमा रहेका सदस्यहरुको उद्धार गरिएको थियो । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो ।
इरान र अमेरिकाबीच आरोप प्रत्यारोप
इरान र अमेरिका दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । 
आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोप चलेको छ । 
अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाउँदा इरानले आरोपलाई निराधार भनेको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । 

विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । यसअघि युएईका चार वटा ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो । 



शुक्रबार ३१, जेठ २०७६ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.