डोटीमा इलाका प्रशासन कार्यालय स्थापना

युग संवाददाता     44 पटक पढिएको    

डोटीमा इलाका प्रशासन कार्यालय स्थापना

 

डोटी — जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना भई सेवा सञ्चालनमा आएको छ। बुधबार बीपी नगरमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा एक समारोहबीच इलाका प्रशासन कार्यालय उद्घाटन गरिएको हो। कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई अब जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता काफ्लेले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गरिएको बताए। नयाँ कार्यालयबाट जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाका वडा नं १, २ र ३ का बासिन्दाले प्रत्यक्ष रूपमा सेवा लिन सक्नेछन्। यस क्षेत्रका नागरिकले अब नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यता हट्ने भएको छ।

बडीकेदार गाउँपालिका वडा नं १ निवासी सोबिता बोहरालाई प्रमुख अतिथिले नागरिकता प्रदान गर्दै सेवा शुभारम्भ गरिएको थियो। स्थानीय बासिन्दाले इलाका प्रशासन कार्यालय स्थापना भएसँगै आफूहरूलाई ठूलो राहत मिलेको बताए।



बिहिबार ०३, बैशाख २०८३ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal