जसपा फुट्यो अशोक राईको समुह निर्वाचन आयोगमा

युग संवाददाता     152 पटक पढिएको    

जसपा फुट्यो अशोक राईको समुह निर्वाचन आयोगमा

 

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा, नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो ।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेका छन् । 

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।



आइतबार २३, बैशाख २०८१ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.