रेशम चौधरीले भने- आफूले रोपेको बिरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ

युग संवाददाता     99 पटक पढिएको    

रेशम चौधरीले भने- आफूले रोपेको बिरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ

 

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी भित्रको द्वन्द्व लगातार बढ्दै गएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरतिर लक्षित गर्दै आफूहरू असुरक्षित रहेको बताएका छन् ।


सोमबार पार्टीको बैठकका क्रममा हातपात भएको भनिए पनि संरक्षक चौधरीले त्यस्तो केही नभएको दाबी गरे । पार्टीका संस्थापक सदस्य र महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यबिचमा को आधिकारिक भन्नेबारे सामान्य विवाद भएको उनको भनाइ छ । बैठकमा रञ्जिता पक्षका केही व्यक्तिले आफूहरूलाई ज्यान मार्ने धम्की दिएर गएको चौधरीले बताए । उनले आफ्नो पार्टीलाई अरुले चलाएका कारण यी सब समस्या आएको दाबी गरे ।


सोमबार भएको घटनापछि पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले नागरिक उन्मुक्ति पार्टी चलाएको आरोप लगाए । ‘आफूले रोपेको बिरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ,’ उनले भने, ‘बिरुवा मैले रोपेको हुँ, कुन बिरुवा कुन जातको हो, त्यो मलाई थाहा छ तर अरुले आएर त्यो काटिरहेका छन् । त्यो टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’आफूले तीन महिनादेखि राम्रोसँग खाना पनि नखाएको चौधरीले बताए ।

‘कहिले एक चम्चा खान्छु, कहिले दुई चम्चा खान्छु । कहिले के खान्छु,’ उनले भने, ‘आत्महत्यासम्मको परस्थितिमा पुर्याइसके, तै पनि मान्दैनन् । अनि के गर्ने रु घरको मान्छेले नमान्दा झन् पीडा हुन्छ । जति भन्दा उहाँ ९रञ्जिता०मान्नुहुन्न ।’चैत २३ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले सबै कुराको छिनोफानो गर्ने चौधरीले बताए । ‘पदलोलुपता धेरै भयो । अर्को बैठकबाट गलत गर्नेलाई कारबाही हुन्छ,’ उनले भने । संरक्षक चौधरीले पार्टीमा गलत काम गर्नेमाथि कारबाही गरेर पार्टीलाई शुद्धीकरण गर्ने बताए ।

चैत २३–२४ गते बस्ने केन्द्रीय समितिको बैठकले सरकारको बारेमा निर्णय गर्ने बताउँदै उनले त्यतिबेलासम्म सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीको सहभागिता यथावत् रहने प्रस्ट पारे ।स्रोतका अनुसार रेशम चौधरी र रञ्जिता श्रेष्ठबिच नागरिक उन्मुक्ति पार्टी कुनै पनि सरकारमा नरहने सहमति भइसकेको थियो । रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा जानु हुँदैन भनेपछि रेशमले केन्द्रीय सरकारमा पनि जानु हुँदैन भनेका थिए । तर पार्टीका संस्थापक नेताहरू सम्मिलित समिति कि महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिलाई मान्यता दिने भन्नेबारे दुवैबिच विवाद भएपछि त्यो सहमति भाँडिएको स्रोत बताउँछ ।

सहमतिपत्रलाई रञ्जिता पक्षधरका नेताले च्यातेर हिँडेका छन् । रेशम चौधरीले महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई मान्यता दिनुपर्छ भनिरहेका छन् भने रञ्जिता श्रेष्ठले पार्टी स्थापनाको बेला गठन भएको केन्द्रीय समितिलाई मान्यता दिनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको छ ।सोमबार पार्टी कार्यालयमा महाधिवेशनबाट निर्वाचित केही केन्द्रीय सदस्य र पदाधिकारी पनि आएका थिए । संस्थापक केन्द्रीय सदस्यहरूले उनीहरूलाई बैठकमा किन आएको भन्दै निकाल्न खोजेका थिए । रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्यहरूको बैठक बोलाएकी थिइन् ।रातोपाटीबाट



सोमबार १९, चैत २०८० ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.