कैलालीमा विभिन्न मुद्धामा संलग्नहरु , दुई दिनमा १७ जना फरार पक्राउ

युग संवाददाता     98 पटक पढिएको    

कैलालीमा विभिन्न मुद्धामा संलग्नहरु , दुई दिनमा १७ जना फरार पक्राउ

 


धनगढी। कैलालीमा विभिन्न मुद्धामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ परेका छन् ।

जिल्लामा बसेर विभिन्न अपराधमा संलग्न दोषीहरु धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरीका अनुसार बहुविवाहदेखि हत्यामा संलग्नसम्मै अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरु धमाधम पक्राउ पर्न थालेका हुन्। प्रहरीले यही फागनु १३ र १४ गते कैलालीबाट १७ जना फरार दोषीहरुलाई पक्राउ गरी अदालतमा उपस्थिती गराएको प्रहरीले जनाएको छ।


प्रहरीले लागुऔषध नाईट्रोभेटरखैरो हिरोईन मुद्दामा १६ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१ का शम्भु सेवालाई पक्राउ गरेको छ। त्यस्तै लागु ौषध  खैरो हिरोइन  मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–१ का बिबेक नेपाली, लागुऔषध  नाईट्रोभेट मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका–८ का भक्तु राना, बहुबिबाह मुद्दामा १ बर्ष कैदसजाय र पाँच हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ का बहादुर थापा र चोरी मुद्दामा १९ दिन कैद सजाय र दुई हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–१ का अर्जुन चौधरी पक्राउ परेका छन्।


प्रहरीले नाता कायम मुद्दामा २ सय ५० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ कि आस्था कुँवर, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका– ८ का निर्पबहादुर भण्डारी, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ का तुलबहादुर धामी र चेक अनादर मुद्दामा एक हजार ८ सय जरिवाना ठहर भएकि टीकापुर नगरपालिका–१ कि शोभासिंह ठकुरीलाई पक्राउ गरेर अदालतमा उपस्थिती गराइएको छ।

त्यस्तै लागुऔषध मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र एक लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका–१ लम्कीका भुपेश भन्ने शिशिर थापा, टीकापुर नगरपालिका–१ का जुवा मुद्दामा फरार नृपबहादुर बिष्ट, टीकापुर नगरपालिका–१ कै गाली बेइज्जती मुद्दामा फरार भएकी संगिता कुवँर र टीकापुर नगरपालिका–१ का गाली बेइज्जती मुद्दामा फरार मीनबहादुर कुवँर पक्राउ परेका छन्। त्यस्तै भजनी नगरपालिका–७ का जालसाँची मुद्दामा फरार राम चुन्नी डगौरा थारु, भजनी नगरपालिका–७ कै जालसाँची मुद्दामा फरार खुशीराम डगौरा, भजनी नगरपालिका–१ का चेक अनादर मुद्दामा फरार पुरन जैशी र जानकी गाउँपालिका–१ का ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएका सोनु बोगटी पक्राउ परेका छन्।



मङ्गलबार १५, फागुन २०८० ०६:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.