शितलनिवासमै दिए देउवाले प्रचण्डलाई शुभकामना

युग संवाददाता     182 पटक पढिएको    

शितलनिवासमै दिए देउवाले प्रचण्डलाई शुभकामना

 


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् । 

देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरे । आफैँले चुनाव गराए पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न नसकेपछि देउवा बाहिरिनु परेको हो । 

राष्ट्रपति भवनमा आज आयोजित शपथ ग्रहण समारोहमा उपस्थित भएका देउवा धेरै समय भने राष्ट्रपति भवनमा रहेनन् । प्रचण्डले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेपछि देउवाले प्रचण्डलाई बधाइ ज्ञापन गरी प्रधानमन्त्री बस्ने कुर्सी खाली गरिदिएर राष्ट्रपति भवनबाट बाहिरिए ।

देउवा गत वर्ष असार २९ गते प्रधानमन्त्री बनेका थिए । 

यसअघि देउवाले प्रचण्डलाई फोन गरेरै बधाई दिएका थिए । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देउवाले प्रचण्डलाई बधाइ दिएको बताएका हुन् । 

पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष महराले सभापति देउवा र कांग्रेसका नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिएको बताएका हुन् ।



सोमबार ११, पुष २०७९ ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.