देशभर हावाहुरीसहित वर्षाको सम्भावना

देश

Yugnepal     633 पटक पढिएको    

देशभर हावाहुरीसहित वर्षाको सम्भावना

देशभर हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, बैशाख २९ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो ।

यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् बासीले बताउनुभयो । तर ठूलो हिमपातको सम्भावना नभएकाले आत्तिहाल्ने अवस्था नभएको तर हिमाल आरोहणमा जाने पर्यटकले केही सावधानी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



आइतबार २९, बैशाख २०७६ ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.