राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता अध्यक्ष  लिङ्देन

युग संवाददाता     536 पटक पढिएको    

राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता अध्यक्ष  लिङ्देन

धनगढी पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन् ।  बिहीबार धनगढीमा आयोजित सो पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आउँछ’, उनले थपे, ‘निर्वाचनमा काङ्ग्रेस, कम्युनिस्टको विकल्प खोजौँ । यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ ।’ 

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको बताए । उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दूराष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’

यस्तै उनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताए  । 



बिहिबार २२, पुष २०७८ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.