एमालेकै कारण निजामती सेवा विधेयक फिर्ता लिइएको हो  दिलेन्द्रप्रसाद बडु

युग संवाददाता     645 पटक पढिएको    

एमालेकै कारण निजामती सेवा विधेयक फिर्ता लिइएको हो  दिलेन्द्रप्रसाद बडु

 

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन् । 

कांग्रेस सांसद बडुले जरुरी कानुनहरु समेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध पारेपछि सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावी समेत गरे ।

शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ । संसदलाई सूचारु गर्न दिने, राज्य संचालनामा जरुरी कानुनहरु पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनताको माझमा पु¥याउन दिने । यसको खालको वातावरण नबनाउने । यो जनताप्रतिको, संसदप्रतिको उत्तरदायित्व बिर्सेर जसरी भएपनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ । त्यसैको परिणाम हो यो ।’

त्यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद सरदसिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानुन बनाउने काम अघि बढन नसकेको भन्दै चिन्ता व्यक्त गरे । 

सांसद भण्डारीले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यास विपरित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोप समेत लगाए । शुक्रबार संसदबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीमाझ भन्नु भयो, ‘संसदीय पद्धति, संसदीय मर्यादा, संसदीय अभ्यासलाई भत्काउने काम सुरु भएको छ ।


संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु भएको छ । यो असाध्यै चिन्ताको विषय हो र हामी यो विषयमा चिन्तित छौं । किन भन्नुहुन्छ भने संसद भनेकै विधान बनाउने अथवा कानुन बनाउने ठाउँ हो । तर अहिले जुन किसिमको अन्यौल र अराजकताको स्थिति आएको छ । त्यसलाई चिर्नका लागि आएका अध्यादेशहरुलाई प्रतिस्थापन गरेर संसदबाट पास गर्नुको साटो फिर्ता लिईराखेको छ । यसले मुलुकलाई अधोगतितर्फ लगि राखेको छ ।’



शनिबार २३, असोज २०७८ ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.