सुदुरपश्चिमको आर्थिक  समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने डा आरजु

युग संवाददाता     722 पटक पढिएको    

सुदुरपश्चिमको आर्थिक  समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने  डा आरजु

 धनगढी भदौ १९  - नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गौरीफन्टा नाकाको स्तरोन्नति र वर्तमान प्रशासनिक कठिनाई समाधान गर्न पनि पहल गर्ने बताएकी छिन्  । शनिवार धनगढीमा आयोजित बैद्धीक समाजका व्यक्तीहरु संग गरिएको अन्तरकृया कार्यक्रममा सो कुरा बताएकी हुन्
 उनका अनुसार  गौरीफन्टा नाका कञ्चनपुरको  प्रशासनिक हिसावले  जटिलता आएकोले  समाधान गर्न लाग्ने बताईन् । गेटा विमानस्थलको स्तरोन्नतिलाई अगाडी बढाउन पनि पहल गर्ने उनले बताईन् ।]No description available.

जग्गा अधिग्रहण गर्दै अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि प्रक्रिया समेत अगाडी बढाईएको नेतृ देउवाको दावी छ । त्यसैगरी लामो समयदेखि अल्झिएको पश्चिम सेतीको विषयमा पनि के गर्न सकिन्छ त्यस विषयमा पहल गर्ने उनको भनाई छ ।

No description available.
गेटामेडिकल कलेज सञ्चालनका लागि लागिरहेको र चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने उनले महिला तथा बालबालिकाहरुका लागि विशेषज्ञ अस्पताल सञ्चालन गर्ने बताउदै  ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने  प्रतिबद्धता जाहेर गरिन् ।
साथै धनगढी–दिपायल फाष्ट ट्रयाकको गति सुस्त रहेकोले यसलाई अगाडी बढाउन पहल भईरहेको बताईन् ।  सुदुरपश्चिमकै प्रधानमन्त्री भएकोले सुदुरपश्चिमको आर्थिक  समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने बताईन् ।



शनिबार १९, भदौ २०७८ ०६:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.