आत्मनिर्भर बन्न कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना आवश्यक

युग संवाददाता     723 पटक पढिएको    

आत्मनिर्भर बन्न कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना आवश्यक

 

रूपन्देही– संविधानसभा सदस्य नेत्र पन्थीले कृषिको विकासमार्फत प्रदेशका नागरिकलाई आत्मनिर्भर बनाउन कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयनको विकल्प नरहेको बताएका छन् ।
समृद्धि सरोकार केन्द्र र स्तम्भकार समाज रूपन्देहीले आयोजना गरेको कार्यक्रममा उनले तराई अन्नको भण्डार भएकोले यो भण्डारले देशलाई धान्ने बनाउन पर्याप्त सिँचाइ आवश्यक भएको बताए । यसका लागि नदी डाइभर्सन जरुरी भएको उनको भनाइ थियो ।
संस्कृतिविद् झपेन्द्र जिसीले जनताको हितका लागि प्राकृतिक सम्पदाहरूको प्रयोग गर्दा कसैले विरोध गर्न नहुने बताए । उनले नदी विकास र समृद्धिका लागि भएकोले विकासका कुरालाई धर्मसँग जोडेर विरोध गर्न नहुने बताए ।
नेकपा ९एमाले०का क्षेत्रीय इन्चार्ज तेजेन्द्र केसीले जनताको बहुदलीय जनवादमा मदन भण्डारीले उल्लेख गरेको कार्यक्रमका रूपमा रहेकाले यो आयोजना सम्पन्न गर्ने जिम्मेवारी उनकै पार्टीका नेता विष्णु पौडेलले लिँदा राम्रो हुने बताए । तर अझ राष्टिय गौरवको आयोजनामा सबै पार्टीले उत्तिकै जिम्मेवारी लिनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई उर्वरभूमिका रूपमा विकास गरी कृषि उत्पादन बढाएर आर्थिक समृद्धि हासिल गर्न कालीगण्डकी डाइभर्सन आवश्यक रहेकाले यसलाई पूर्णता दिन सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले कुनै नयाँ योजना सुरु हुँदा राजीनितक हिसाबले विरोध हुने गरेकोे बताउँदै विकासका योजनालाई साक्षी भावले हेर्न आवश्यक रहेको उल्लेख गरे ।
पानस फाउन्डेसनका अध्यक्ष डिआर घिमिरेले नागरिकको हितमा हुने कुनै पनि आयोजना सफल बनाउन सबै जना एक ठाउँमा उभिनुपर्ने बताउँदै साझा मुद्दामा अनाश्यक विरोध उचित नहुने बताए ।
नेकपा ९माओवादी केन्द्र०का नेता रामप्रसाद बञ्जाडेले परियोजना हेर्दा राम्रो देखिए पनि भारत केन्द्रित भएको आशंका व्यक्त गर्दै यसको कार्यान्वयनका लागि गण्डकी प्रदेशका नागरिकको राय बुझनुपर्ने बताए ।
नेपाली कांग्रेसका नगर उपसभापति विमलराज भट्टराईले बारीखेतमा सिँचाइको प्रबन्ध हुन नसक्दा खेती गर्न समस्या भएकाले कालीगण्डकी नदीको पानी दुई किलोमिटरमाथिसम्म पु¥याएर बाह्रै महिना खेती गर्न मिल्ने तरिकाले सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।



सोमबार १८, साउन २०७८ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.