सौर्य एयरलाइन्सको धनगढी– काठमाडौँ उडान पुनः सुचारु

युग संवाददाता     1121 पटक पढिएको    

सौर्य एयरलाइन्सको धनगढी– काठमाडौँ उडान पुनः सुचारु

 

धनगढी बैशाख ६ । धनगढीबाट–काठमाडौँका लागि सौर्य एयरलाइन्सले पनि उडान भर्ने भएको छ ।
सन् २०१८ देखि धनगढी–काठमाडौँ उडान  सेवा बन्द गरेको सौर्य एयरलाइन्स आगामी वैशाख १८ गतेबाट पुनः नियमित उडान गर्ने एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।
५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याउने भएको हो ।
धनगढी देखी काठमाडौँसम्मको भाडा दर ५ हजार कायम गरिएको छ । आगामी दिनमा विराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना रहेको खनालले जानकारी दिए ।
हाल सौर्य एयरलाइन्सले काठमाडौँदेखि नेपालगन्ज, नेपालगन्ज–चाइना,विराटनगर,भद्रपुर र भैरहवा सम्म हवाई सेवा सञ्चालन गरिरहेको छ ।



सोमबार ०६, बैशाख २०७८ ०२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.