निवेदन बोकेर सर्वोच्च पुगे प्रचण्ड

युग संवाददाता     909 पटक पढिएको    

निवेदन बोकेर सर्वोच्च पुगे प्रचण्ड

 

रातोपाटीबाट
   काठमाडौं त १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका छन् ।


अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका हुन् ।


सर्वोच्चले नेकपा विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्ने भएको हो ।


सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो । 

सोही फैसलामा नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काइएको थियो ।



मङ्गलबार १७, चैत २०७७ १२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.