टीकापुरमा खाद्य संस्थानको गोदाम अगाडि बम फेला

युग संवाददाता     998 पटक पढिएको    

टीकापुरमा  खाद्य संस्थानको गोदाम अगाडि बम फेला


कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको छ । खाद्य गोदाम रोडमा नाला निर्माणका लागि स्काइभेटरले खन्ने क्रममा सकेट बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार  बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको  जनाएको छ ।  आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको हुनाले सकेट बम हुन सक्ने निरीक्षक बमले बताए । उक्त बम द्धन्द्धकालमा राखिएको हुन सक्ने बताइएको छ ।

बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक बमले बताए । घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 



सोमबार ०९, चैत २०७७ १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.