पत्रकार महासङ्घको निर्वाचन २५ चैतमा

युग संवाददाता     891 पटक पढिएको    

पत्रकार महासङ्घको निर्वाचन २५ चैतमा


काठमाडौँ । पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि २५ चैतमा निर्वाचन हुने तय भएको छ ।  महासङ्घका काठमाडौँमा उपलब्ध पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको बुधवार आज बसेको बैठकले नयाँ नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन गर्ने निर्णय गरेको हो ।


महासङ्घसँग आबद्ध देशभरका सदस्यहरूले यस पटकदेखि जिल्लाबाटै जिल्ला तहदेखि, प्रदेश तह हुँदै केन्द्रसम्मका उम्मेदवारका लागि मतदान गर्न पाउने छन् ।


पत्रकार महासङ्घका महासचिव रमेश विष्टले २५ चैतमा देशभरका शाखाहरूमा एक साथ महासङ्घको जिल्ला, प्रदेश र केन्द्रसम्मका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यतालिका भने ७ चैतमा प्रकाशन हुनेछ । त्यसपछि बाँकी कार्यक्रम निर्वाचन समितिले तय गर्नेछ ।



बुधबार ०४, चैत २०७७ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.