विप्लव नवलपरासीबाट काठमाडौं आउँदै

युग संवाददाता     939 पटक पढिएको    

विप्लव नवलपरासीबाट काठमाडौं आउँदै
तस्वीर–दुई वर्ष भूमिगतपछि सरकारसँग सहमति भएपछिको विप्लवको पहिलो तस्वीर ।

 

सन्जय भट्टराई, / हाम्राकुराबाट 

 

कावासोती   फाल्गुण २१  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै छन् । उनी नवलपरासीबाट काठमाडौं आउँदै छन् । सरकार र नेकपाबीचको वार्ता सहमतिमा आएसँगै पहिलो पटक विप्लवको तस्वीर सार्वजनिक भएको छ । 

विप्लव पूर्वी नवलपरासीको देवचुलीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै छन् ।  


केही समय अगाडी पूर्वी नवलपरासीको देवचुलीबाट हिँडेका उनी प्रहरी स्कटिङमा काठमाडौं पुग्ने उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार उनी पूर्वी नवलपरासीको पहाडी क्षेत्रबाट रातिको ३ बजे देवचुलीको दलदले आइपुगेका थिए । विप्लव बिहीबार राति देवचुली १३ स्थित नवलपुरमा शहीद फुलमाया सारु ‘रमा’ को घरमा बास बसेको बताइएको छ ।

विप्लव समूह र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै विप्लव समूह अब मूलधारको राजनीनिमा आउने भएको छ । हतियारको राजनीति त्यागेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको हो । 

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी विप्लव सार्वजनिक हुँदैछन् । उक्त कार्यक्रममा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरी सम्झौता सार्वजनिक गर्ने कार्यक्रम छ । 

त्यही कार्यक्रममै ओली र विप्लवले सम्वोधन गर्ने कार्यक्रम छ । 



शुक्रबार २१, फागुन २०७७ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.