विप्लव समूहका सबै बन्दी रिहा हुने

युग संवाददाता     686 पटक पढिएको    

विप्लव समूहका सबै बन्दी रिहा हुने
फाइल तस्बिर ।

 

बाह्रखरीबाट


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सबै कैदीबन्दी रिहा गर्ने भएको छ ।

सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिमा विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने उल्लेख छ ।


सो समूहका १३४ जना नेता–कार्यकर्ता जेलमा छन् । यही फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका छन् । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ । सरकारले ०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।



बिहिबार २०, फागुन २०७७ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.