ताप्लेजुङको दोभान बजारमा  आगलागी  घरमा धेरै क्षेती

युग संवाददाता     1172 पटक पढिएको    

ताप्लेजुङको दोभान बजारमा  आगलागी  घरमा धेरै क्षेती

 ताप्लेजुङ १८ फागुन, । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेर नस्ट भएका छन् ।  बिहान करिब ९ बजे देखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ जिल्ला  प्रहरी कार्यालयका  प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएको बताए   ।


आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी रहेको उनले बताए  ।

दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो ।  दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताएका छन् ।



मङ्गलबार १८, फागुन २०७७ १२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.